काठमाडौं , १५ माघ – निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले चार प्रकारका आठवटा मतपत्र सार्वजनिक गरेको हो । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र बनाइएको छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र बनाइएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षले अलग–अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्यहरु चुन्नेछन् । निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८–८ जना निर्वाचित हुनेछन् ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ । राष्ट्रियसभा निर्वाचन प्रदेश नं. १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा निर्वाचन हुनेछ ।bestpartnerki.comразработка порталовдоска паркетнаявизовыйкістьджинсовые сабо купить