३२ जिल्लामा वामगठबन्धनको अग्रता     

                              अग्निज्वाला –काठमाडौं

मंसिर २२

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणनाको प्रारम्भिक परिणाममा  वामगठबन्धनले फराकिलो अग्रता हासिल गरेको छ। कतिपय स्थानमा वामगठबन्धनकै विद्रोही उम्मेदवारहरु नै अग्रस्थान देखिएका छन्।

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभाको ७४ स्थानको मतगणना बिहिबार ५ बजेदेखि भइरहेको छ।  मतगणना परिणाम अनुसार एमाले सबैभन्दा अग्रस्थानमा छ भने उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ। पछिल्लो संविधान सभाको ठूलो दल कांग्रेस माओवादी भन्दा पछाडि परेको छ।

पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभातर्फ एमालेले २३स्थानमा अग्रता हासिल गरेको छ भने उसलाई पछ्याइरहेको माओवादी केन्द्रले १६स्थानमा अग्रता हासिल गरेको छ। तेस्रो स्थानमा रहेको कांग्रेस ६ स्थानमा मात्र अगाडि छ।

प्रदेशसभा तर्फको परिणाम पनि उस्तै छ। एमाले २१स्थानमा  हुँदा माओवादी केन्द्र २३स्थानमा अगाडि छ। नेपाली कांग्रेसले ४स्थानमा मात्र अग्रता लिएको छ। पहिलो चरणको सुरुवाती परिणाम अनुसार  वामगठबन्धन दुई तिहाई स्थानमा अगाडि छन्। कांग्रेस प्रतिनिधि सभातर्फ संखुवासभा, रसुवा लगायतका जिल्लामा अगाडि छ। यसैगरी लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपा (प्रजातान्त्रिक) का पशुपति शमशेर राणाले सिन्धु–२ बाट अग्रता लिइरहेका छन्।

मतगणना भएका पश्चिमी जिल्लाहरु जाजरकोट, दुबै रुकुम, जाजरकोट, रोल्पाका अलवा मनाङ, मुस्ताङ, लमजुङमा पनि वामगठबन्धनका उम्मेदवारहरु अगाडि छन्। सिन्धु–२, रामेछाप, दोलखा, ताप्लेजुङ, सोलु, ओखलढुङ्गा पाँचथर लगायतका जिल्लामा वामगठबन्धनका उम्मेदवारहरु निकै ठूलो मतान्तरका साथ अग्रस्थानमा छन्।

हिमाली जिल्ला हुम्लामा चाहिँ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्ची लामालाई माओवादी केन्द्रकै वागी उम्मेदवार छक्कबहादुर लामाले पछि पारिरहेका छन्।

प्रतिक्रिया गर्नुहोस् l

поставитьестественной ращиваниечат на сайтпоказательв какую европейскую страну легче эмигрироватьбилайн отправить бесплатно смс