काठमाडौँ । माके र एमाले को पार्टी  एकता अन्तिममा  पुगिरएको बेला नेपाल कम्युनिस्ट पार्टीले नेकपा एमाले र माओवादी केन्द्रको मुख्य नेतृत्व सामाजिक दलाल भएको निष्कर्ष निकालेको छ । यो कुरा ले माकेका तेस्रो  तहका नेता लाइ आकर्षित  गरेको बुजिन्छ!

राजधानी बाहिर हालै सम्पन्न केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पेश गरेको दस्तावेजमा विकसित राजनीति घटनाको विश्लेषण गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड समाजवादको मुकुण्डो लगाएर सामाजिक दलालको रुपमा अगाडि आएको ठहर दस्तावेजले गरेको एक पोलिट्ब्युरो सदस्य बताए ।

त्यसैगरी नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको नेतृत्व पुँजिवादी दलाल भएको बैठकले ठहर गरेको छ ! उनका अनुसार दस्तावेजमा दुबै प्रवृतिको रुपबारे पनि ब्याख्या गरिएको छ । रुपमा दुई प्रवृति देखिएपनि सारमा दुबै दलाल भएको बैठकले ठहर गरेको छ ।

महासचिव विप्लवले बैठकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको रुपमा दुई प्रवृति भिन्न रुपमा देखिएपनि उद्देश्य एउटै रहेको बताएका थिए । देउवा, ओली–प्रचण्ड जो भएपनि दलाल सत्ताको नेतृत्व गर्ने र उक्त सत्ताले जनताको जीवनमाकुनै परिवर्तन नल्याउने बैठकले निष्कर्ष निकालेको छ ।

दुबै प्रवृतिको भण्डाफोर गर्न बैठकले तीन महिने जनजागरण अभियान संचलान गर्ने बैठकले निर्णय गरेको छ । देशभर संचालन हुने अभियानको सोमबार काठमाडौंको शान्तिवाटिकाबाट उद्घाटन हुँदैछ ।реклама в вк лентепродвижение сайтапродвижение в соцсетях57удаление корней зубовиспользование вирусного маркетинга