काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज र भोलि दुई दिने चल्ने  नेकपाका नेताहरुले बताएका छन् । सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेर, पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानसँगै संसदमा प्रभावकारी प्रस्तुति र सरकार सञ्चालनका विषयमा पनि कुराकानी हुने बुझिएको छ । पोलिटव्युरो गठन, सचिवालय, स्थायी कमिटि तथा केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने तयारी छ ।