मुख्यमन्त्री लगायतका विषयमा छलफल गर्न कार्यदलकाे बैठक बस्न लागेको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताए बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरयको छ!बैठकले गरेको सिफारिशमा दुबै दलका शीर्ष नेताहरु सहमत भए आजै मुख्यमन्त्रीको टुंगो लाग्ने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। प्रदेश र प्रतिनिधि सभा चुनावमा गठबन्धन बनाएर लडेका एमाले र माओवादीसँग ६ प्रदेशमा बहुमत छ।प्रदेश १ र ३ मा एमाले एक्लैको बहुमत छ भने ४, ५,६ र ७ मा दुई पार्टी मिले सहजै बहुमत पुग्छ।

६ मध्ये एमालेले ४ र माओवादीले २ प्रदेशको मुख्यमन्त्री पाउने गरी छलफल भइरहेको नेता ज्ञवालीले बताए। प्रदेश ६ मा सरकार बनाउने एमालेलाई थप एक सांसद भए पुग्छ। त्यहाँ एमाले नेता यमलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन्।

कँडेलको अध्यक्षतामा केहीदिन अघि बसेको प्रदेश ६ को एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आफैंले राख्ने निर्णय गरेको थियो।

प्रदेश नम्बर ६ का मुख्यमन्त्रीका दाबेदारसमेत रहेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले ६ र ७ नम्बरको मुख्यमन्त्री माओवदीलाई दिने गरी आजको बैठकले टुंगो लगाउने बताए।

सात नम्बर प्रदेशमा माओवादीले मुख्यमन्त्री पाए वीरबल चौधरी र झपट बोहोरामध्ये एक जना मुख्यमन्त्री हुने शाहीले जानकारी दिए।

зарегистрировать сайт в гуглvizomurсамомуrussian travel companiesтоматная паста домаукладка штучного паркета