अग्निज्वाला  काठमाडौं माघ १४

मुख्यमन्त्री बाँडफाँड लगायतका विषय टुंगाे लगाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलको बैठक बस्ने भएको छ।

एमाले संसदीय दलको कार्यालयमा अपरान्ह तीन बजे हुने बैठकले प्रदेशको मुख्यमन्त्री, मन्त्री र सभामुख र उप सभामुखको बाँडफाटँ गर्ने छ।

नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले ट्विट गर्दै तीन बजे बैठक बस्ने जनाएका छन्। ‘भोली ३ वजे दुइ पार्टी विचको कार्यदल वैठक सिंहदरवार को संसदिय दलको कार्यालयमा वस्दैछ र संभवत प्रदेस मुख्यमंन्त्री, मंत्री र सभामुख, उपसभामुख को वॉडफॉड को टुंगो लगाउन सकिन्छकी?’पाण्डेले टुइटर मा भन

माओवादीले दुई मुख्यमन्त्री र चार सभामुख माग गरेको छ। उनीहरुको एमालेले मुख्यमन्त्री लिएको स्थानमा माओवादीले प्रदेशसभाको प्रमुख पाउनु पर्ने दावी रहेको छ। एमाले नेता सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त र मातृका यादव रहेका छन्। यो कार्यदलले राष्ट्रियसभामा उम्मेदवारी बाँडफाँट गरेको थियो।

биржастоимость продвижения сайтаwinperst.rutele2.lublusms.ru12.7x99mmtravel restrictions to russia