बृद्ध भत्ता ६५ बर्ष मै दिने, भूकम्प तथा बाढी पीडितहरुलाई १ लाख थप

काठमाण्डौ, १२ माघ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको हो ।

बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय गरेको छ ।

त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेर संख्यालाई सरकारले घटाएको छ । सरकारले अब ६५ वर्षको उमेर भन्दा बढीलाई बृद्ध भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

яндекс подать объявление бесплатноweather russiaрентабельность майнингадетейминусинск яндекс что делатьбб или сс крем что лучше

Leave a Reply

Your email address will not be published. Required fields are marked *