गत ५ गते बसेको बैठकले ७ वटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा सचिवहरुलाई प्रदेश नेतृत्वमा मनोनयन गरेको थियो भने एकताका लागी प्रतिवेदन सिफरिश गर्न बनेको कार्यदललाई आलोचनासहित भंग गरेको हो ।

अब एकता सम्बन्धी सम्पूर्ण निर्णय पार्टीको सचिवालयले गर्ने भएको छ ।

विशेष सर्कुलर जारी गर्दै अध्यक्ष द्वयले ७ बुँदे निर्देशन जारी गरेका छन् । हेर्नुहोस् ७ बुँदे निर्देशन–

१. प्रदेशका ईञ्चार्ज, सह-ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने

२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने

३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने

४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने

५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेे र केन्द्रीय सचिवालयमा बुझाउने ५. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने

६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने

७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने