काठमाडौ । बिप्लप निकट नेपाल कम्युनिस्ट पार्टीको आज उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित देखिन्छ । कारण हो फरक शैली 

आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै    ललितपुरको च्यासल, काठमाडौँको बसपार्क ,मनमैजु, धोवीघाट , चाबहिल ,जोरपाटी ,धापाशीमा ट्याक्सी र बस चालकहरु लाई  सम्झाएर छोडिएको बताइएको छ । यो बन्द तपाईंहरुको विरुद्ध होईन तपाईंहरुले अरु साथिहरुलाइ सम्झाउनु होला भनी ती चालकहरु लाई  सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले बताए ।

यसैगरी  काठमाडौँमा  विहानैबाट गुड्ने स्कूल बसहरु पनि बन्द छन् । र स्कूलका प्रतिनिधि लाइ पनि यस्तै किसिमले सम्ज्झाइयको ले आज विद्यालय पनि बन्द हुने देखिन्छन। अाज प्रयोग भएको शैलीलाई हेर्दा अाजको बन्द विगतका बन्दभन्दा फरक हुने बताइएको छ । बल प्रयोग नहुने तर समर्थन हुने र बन्द सफल हुने बताइएको छ ।

आफ्नो नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाले उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको हो  ।

त्यसैरी निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

इन्चार्ज प्रज्वलले उपत्यका बन्द सफल बनाउन आम जनसमुदायसँग अनुरोध गरेका छन् ।