नेपालगञ्ज। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले भने,“संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुज्नुपर्छ ।”  मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको असफलता  भएको टिप्पणी गरे।

पत्रकारद्वारा सोधिएको एक प्रश्नमा  प्रवक्ता शर्माले, “आफ्नो  दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन,” भने ।

अर्को प्रसङ्गमा काङ्ग्रेसमा अब  मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण गर्छ ।”