काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले  लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम् ओली र प्रचण्डले ल्याउँछु भन्नु हास्यास्पद भएको बताए ।  बार्सिलोना बाट  पौडेलले भने, ‘छ महिना भयो । थोरै काम गरेर जनतालाई राहत दिए त धेरै हुन्थ्यो, अब कम्युनिजम् ल्याउने ?’

अहिलेको सरकारले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्ने बाहेक अरु केही गर्न सकेको छैन नेता पौडेलले आरोप लगाए ।

‘कांग्रेसले मेलम्ची ल्याएको हो तर अहिले कम्युनिस्टहरू मेलम्चीमा गएर फोटो खिच्छन् । उनीहरुले हामीले सुरु गरेका योजनाहरुमा जस लिने काममात्र गरेका छन्।