रोल्पा बाट झक्कुका छोरा प्रहरीद्धारा अपहरणशैलीमा गिरफ्तार

राजनीति भनेको समयको खेल खेलाइ गर्ने थल्लो भन्ने कुरो रोल्पा बाट  पाउन सकिन्छ ।यति खेर प्रचण्ड नेकपामा प्रचण्ड का बिश्वास पात्रका छोरा बिप्लप को पार्टीमा भयकै कारण गिरफ्तारि परेका छन् ।

उनी विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सचिव  हुन् । उनी सन्तोष सुवेदी (प्रयास) नामले चिनिन्छन ।

रोल्पा नगरपालिका वडा.१० धवाङमा शान्तिपूर्ण कार्यक्रम गरिरहेकाे बेला नेकपा राेल्पाका सचिव प्रयासलार्इ प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाे नेकपा राप्ती व्युराे जनाएकाे छ ।

यस्तै ‘विप्लव नेकपा राेल्पाका एक जिल्ला नेताले भने, ‘अाेली सरकारकाे यस्ताे हर्कतले हामीलार्इ अाक्राेशित तुल्याएकाे छ ।’

सरकार एकातिर वार्ता र अर्काेतिर दमनकाे बाटाे अपनाएर विप्लव नेकपालार्इ अनावश्यक उत्तेजित बनाउन खाेजेकाे भन्दै नेपाली कांग्रेस राेल्पाका एक नेताले समेत  सरकारकाे यस्ताे रवैयाप्रति अाक्राेश पोखे । 

सचीव  सुबेदीको  गिरफ्तारीकाे कडा शव्दमा विराेध गर्दै नेकपा राप्ती व्युराे इन्चार्ज सुवासले तत्काल गिरफ्तार अाफ्ना सेक्रेटरी प्रयासलार्इ रिहा गर्न चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *