काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध  भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीकाएमाले कै स्थायीसमिति मा बिबाद कसरी होला बामगठबन्ध? अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित भएका हुन् ।निर्वाचन अायाेगले माघ २८ गते राष्ट्रिय सभाकाे निर्वाचन हुने मिति तय गरेकाे छ । साेही वमाेजिम बुधवार ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये १७ जना निर्विराेध निर्वाचित भएका छन् भने अब बाँकी ३९ पदका लागि निर्वाचन हुनेछ ।१७ सिटमा त्यति नै संख्यामा मात्र उम्मेदवारी परेका कारण उनीहरु निर्विराेध भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।

निर्विराेध निर्वाचित हुनेमा नेकपा एमालेबाट ६ जना, नेपाली कांग्रेसका ५ जना, माअाेवादी केन्द्रबाट ३ जना, सङ्घीय समाजवादी फाेरमबाट २ जना र राजपाबाट १ जना रहेका छन् । जसअनुसार प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्। निर्विराेध भए पनि उनीहरुकाे अाैपचारिक घाेषणा भने भएकाे छैन । निर्वाचन अायाेगले उनीहरुलार्इ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जनाएकाे छ ।

राष्ट्रियसभामा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित, एक जना अल्पसंख्यक र अन्य तीन गरी आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।एकल संक्रमणीय प्रणालीअनुसार स्थानीय तहको १८ र प्रदेशको ४८ मतभार कायम गरिएको छ। स्थानीय र प्रदेशको मतभारअनुसार वाम गठबन्धनले ४०, कांग्रेसले १२ र मधेसी दलले चार सिट जित्ने देखिएको छ।

बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सात वटै प्रदेशमा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनोनयन दर्ता भएकाे हाे । प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निर्वाचन चिह्न प्राप्त गरे पनि ९ दलले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी पार्टी रहेका छन

५६ सिट मध्ये नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर ४३ सिटमा मात्र साझा उम्मेदवारी दर्ता गराएका छन् । याे चुनावमा मधेसी दल र कांग्रेसले पनि अापसी तालमेल गरेर उम्मेदवारी उठाएका छन् । राप्रपा र नेमकिपा कसैकाे गठबन्धनमा छैनन्।

drupal keywordsсайте копирайтseo этоseo этозвонок на билайн бесплатно с компьютеравиза в испанию ростов на дону самостоятельно