नेकपा केन्द्रीय सचिवालयको बैठक आज दिउँसो ३ बजे बस्ने भएकाे छ । प्रबक्ता श्रेष्ठका अनुसार आजको बैठकमा महासचिव बिष्णु पौडेलले हिजोको बैठकमा पेश गरेेको एकता सम्बन्धमा  प्रतिवेदन माथि छलफल गरिने छ। 

हिजो राखिएका विधि र मान्यताका विषयमा आज  छलफल हुने र प्रदेश कमिटी लगायत अन्य विषयमा पनि छलफल गरिने प्रबक्ताले जानकारी  दिए ।