काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा माओवादी आन्दोलनका पाखा नेता इश्वरी प्रसाद दाहाल असारे काकाले आफुहरुको लडाई दलाल राज्य सत्ता सँग भएको बताएका छन ।

पछिल्लो समय नेताकार्यर्तामाथि धरपकड मच्चाँएर ओली सरकारले आफ्नो चरित्र पर्दाफास गरेको बताए । विप्लवको नेतृत्वमा खडा भएको नेकपा पार्टी कि गर कि मर भन्ने मनस्थीतिलिएर मैदानमा उत्रेको हुनाले जस्तो सुक्यै लडाइँ लड्न तयार रहेकोे बताएका छन् ।

तत्कालै बन्दुक उठाउने मनस्थितिमा भने आफुहरु नरहेको काकाको भनाई छ । सरकार बन्दुकनै लिएर आए भने चाँही पछि नहट्ने उनको चेतवानी छ ।