काठमाडौं । केही समयदेखि अान्तरिक संगठन सुदृढिकरणमा रहेको भारतीय माओवादीले फेरि भिषण हमला गरेको छ ।

भारतको छत्तीसगढमा माओवादी सेनाहरुले पछिल्ला दिनहरुको सबैभन्दा ठूलो हमला गरेका छन् ।भारतीय संचारमाध्यमका अनुसार  माओवादीहरुको आक्रमणमा परि दुई जना सब इन्सपेक्टरसहित ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये ७ को अवसुथा गम्भीर छ ।प्रहरीका अनुसार, रायपुर नजिकै अबूझमाडको जंगलमा सुरक्षाकर्मीको टोली सर्च अप्रेशनमा रहेको बेला माओवादीहरुले छापामार शैलीमा आक्रमण गरेका थिए ।

स्पेशल डिजी नक्सल अपरेशन डीएम अवस्थीका अनुसार, उक्त जंगलमा नक्सलवादी भेला हुन गइरहेको सूचना पाएपछि ४ सय जनालाई सर्च अप्रेशनका लागि पठाइएको थियो । बिहान ११ बजे कम्पनी नमबर ६ का प्रहरी खोजतलासमा रहेको बेला माओवादीहरुले आक्रमण गरेका थिए ।

यसैबीच छत्तीसगढको बीजापुरमा समेत बुधबार माओवादी र प्रहरीको भीडन्त भएको छ । भीडन्तमा २ प्रहरी घाइते भएका छन् । ।

केही दिन अगाडि प्रहरीले घेराबन्दीमा पारेर आधा दर्जन माओवादी कार्यकर्ताको हत्या गरेको थियो । यो घटनालाई बदला लिएको माओवादीले बताएको भारतका केही संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

виза в германию екатеринбургcatalog.transinfo.byработыseo продвижениекупить босоножки женскиеправа сайт вебмастер яндекс