Ganga-Maya-Adhikari-tapaikokhabarकाठमाडौ । कृष्णप्रसाद हत्या आरोपी छविलाल पौडेल अदालतको आदेशले रिहा भए लगत्तै कृष्णप्रसाद हत्याका सन्दर्भमा विभिन्न टिका टिप्पणी सुरु भएको छ । केही मानव अधिकारवादीहरुले भने नन्दमायाका छोरा अर्थात कृष्णप्रसादका दाजु नुरप्रसादले धोका दिएको टिप्पणी सुरु भएको छ ।

नुरप्रसाद अधिकारी चितवन अदालतमा वयान दिन नगएकै कारण चितवन जिल्ला अदालतले पौडेल सहित १२ अभियुक्तलाई सफाई दिएको थियो । यदि आईतवार नुरप्रसाद अदालतमा उपस्थित भएका भए पौडेल आजै रिहा नहुन पनि सक्थे । कृष्णप्रसादको हत्या भयो भन्दै किटानी जाहेरी दिने उनै नुरप्रसाद हुन् । जसले जाहेरी दिए उही अदालतमा उपस्थित नभएपछि मुद्दा स्वतः कमजोर हुन्छ ।

१ करोड पाएपछि नुरप्रसाद गएनन

विभिन्न मानव अधिकारवादीको सहयोगमा गोरखा फुजेलवाट काठमाडौ आएर आफ्ना छोराको हत्यारालाई कार्वाही गरी पाउ भन्दै नन्दप्रसाद र गंगामायाले अनसन सुरु गरे । बुबा नन्दप्रसाद र आमा गंगामायाले अनशन सुरु गरे लगत्तै तत्कालीन सरकारले नुरप्रसाद संग वार्ताका लागि पहल गर्दा नुरप्रसादले पाँच करोड मागेका थिए । सरकारले पाँच करोड नदिने भनेपछि नुरप्रसाद बा आमालाई छाडेर बेपत्ता भए त्यहि क्रममा नन्दप्रसादको निधन भयो ।

नन्दप्रसादको निधनपछि पनि गंगामाया अनशनमै थिईन् । ओली सरकारले छोरा नुरप्रसादकै पहलमा गंगामायासंग वार्ता गरेको थियो भने गंगामायाले अनसन छोडेवापत नुरप्रसादले १ करोड रुपैयाँ लिईसकेका छन् । सरकारका लागि समेत टाउको दुखाईको विषय बन्दै गएकाले नुरप्रसादलाई अन्य केही आश्वासन समेत दिएकाले नुरप्रसाद पछिल्लो समय आफ्नै आमाको विपक्षमा लागेको अधिकारकर्मीले टिप्पणी गर्न थालेका छन् ।