‘न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्नु र न्यायिक कामकारबाहीको प्रभावकारी अनुगमन गरी भ्रष्टाचार जस्ता कार्य रोक्ने प्रयास मबाट हुनेछ,’ सुनुवाइ समितिमा आफ्ना योजनाबारे  उनले भने, ‘अदालतले निर्माण गरेको कार्ययोजनासहित म यसमा काम गर्नेछु।’

‘प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुनेछ,’ उनले भने, ‘म लामो समय अदालतमा त बस्दिनँ तर जति बस्छु न्यायालयको साख सुधार्ने कार्य गर्नेछु।’ संसदीय सुनुवाइ विशेष समितिमा आफ्ना कुरा राख्दै मिश्रले यस्तो प्रतिबद्धता व्यक्त गरे।

उनीविरुद्ध परेका उजुरीबारे जवाफ माग्न संसदीय सुनुवाइ समितिले अहिले बिहान ९ बजे बोलाएको बैठकमा बोलिरहेका मिश्रले न्यायलिकाप्रतिको जनआस्था अभिवृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताएका हुन्। न्यायपालिकामा समावेशीकरणको विषय उठेको उल्लेख भन्दै उनले संविधानको मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। खासगरी न्यायाधीश सिफारिस समावेश नभएको कुरातर्फ उनले यस्तो बताएका हुन्। मिश्र उनी अनुमोदन भए सर्वोच्च अदालतको २८औं नेतृत्वका लागि छानिनेछन्।