गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गर्दा सम्पर्कविहीन बनेकाे अल्टिच्युट एयरको हेलिकोप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटना भएकाे आशंका गरिएको छ। 

उक्त हेलिकोप्टर धादिङ नुवाकोटको सीमानामा पर्ने मैदान गाउँपालिका बसिङ भन्ने विकट जंगलमा भएको संकेत मिलेको धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले अग्निज्वाला  लाई बताए।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार विमान दुई जिल्लाको समानामा पर्ने निर्जन ठाउँमा अनुमान छ। यद्यपि यसकाे पुष्टि हुन भने बाँकी रहेकाे उनले बताए।

हेलिकोप्टर खोजीका लागि नुवाकोट र धादिङ दुवै जिल्लाबाट प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

‘जंगलमा एकदमै बाक्लो कुहिरो लागेको छ, दुवैतर्फको टोली र काठमाडौँबाट आएको अर्को हेलिकोप्टरमार्फत खोजी कार्य भइरहेको छ’ अग्निज्वाला रिपोर्टर भने।

गोरखाको सानागाउँबाट उडेको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन बनेको हो।