तिन दिन सम्म भारतमा राजनीतिक भेटघाटमा ब्यस्त रहने नेकपा अध्यक्ष पुष्पकमल दाहाल यतिवेला भारतमा छन।उनलाइ भारत गएकै दिन नेपाली दुतावासले रात्रीभाेज खुवाएकाे थियोे। पुर्वप्रधानमन्त्री तथा सवैभन्दा ठुलाे दलकाे  अध्यक्ष भएकाे नाताले नेपाली दुतावासले भाेज खुवाउनु सामान्य कुरा भयाे ।तर,यसपछि भने वाकी दुइ दिन उनी पुर्णत राजनीतिक भेटघाटमा ब्यस्त रहनेछन।काठमाण्डाैंबाट दिल्ली जादा सम्म प्रचण्डकाे भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसंगकाे भेटकाे टुगाे लागिसकेकाे छैन।तर उनलाइ भारतीय सुचना मन्त्री सुषमा स्वराजले दिवाभाेज खुवाउने कार्यक्रम भने तय छ।भारतीय सुचना मन्त्रीले नै दिवा भाेजकाे अायाेजना गरेकाेले याे भ्रमण सामान्य हाेइन भन्ने सहज रूपमा अांकलन गर्न सकिन्छ तर यति महत्वपुर्ण भ्रमणमा प्रचण्ड अाफना केही सहयाेगी र श्रीमती मात्र वाेकेर भारत किन गए हाेलान त ? के उनकाे टिममा विश्वासिला कुनै नेता नै छैनन् ? यदि उनका विश्वासिला नेता छन भने तिनलाइ वाेकेर उनी किन गएनन ? याे सवाल अहिले नेकपा भित्र निकै गम्भीर रूपमा उठेकाे छ।पार्टीमा तथा राजनीतिमा चुप लागेर नवस्ने स्वभावका प्रचण्ड अति चलाखी नेता हुन। सरकारबाट हटेपछि कयुनिस्ट नेता  मनमाेहन अधिकारीले नेपालमा सरकारमा जान,सरकार टिकाउन भारतकाे हात चाहिने रहेछ भनेर अर्न्तवार्ता दिएका थिए। ठिक यहि कुरोलाइ आधार मान्ने हो भने प्रचण्डकाे याे भ्रमणकाे बेलामा अहिले यसकाे निकै चर्चा हुन थालेकाे छ।के प्रचण्डकाे भ्रमणपछि नेपालमा राजनीतिक उथलपुथल हुन्छ वा उथलपुथलकाे वातावरण वन्छ ?