अग्निज्वाला –काठमाडौं माघ १०

राष्ट्रिय सभा उम्मेदवार चयनको विषयलाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ।

पार्टी स्थायी समितिले उम्मेदवार चयनबारे गरेको निर्णयमा उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

प्रदेश छ बाट निरज आचार्य, प्रदेश पाँचबाट ठाकुर गैरे र प्रदेश एकबाट जगन्नाथ खतिवडालाई उम्मेदवार बनाउनु पर्ने उनीहरुको माग थियो। सोमबार र मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा भएको स्थायी समिति तीनै जनाको नाम उम्मेदवार सूचीमा नराखेपछि भुसाल र भट्टराईले आपत्ति जनाएका हुन्।

माओवादी तालमेलकारण पोलिटब्युरो सदस्य खतिवडा उम्मेदवार बन्दै आएको उदयपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न पाएका थिएनन्। गैरे पहिलो संविधानसभादेखि नै पाल्पाबाट उम्मेदवारको रुपमा प्रतिस्पर्धामा रहँदै आएका थिए। प्रतिनिधिसभा चुनावमा पनि गैरेको नाममा अन्तिम समयमा काटिएको थियो।

युवा संघ नेपालका पूर्व महासचिव निरज आचार्यलाई जाजरकोटबाट प्रदेशसभामा उम्मेदवार बनाइएको थियो। मनोनयन दर्ता भएपछि एमाले र माओवादीबीच हुम्ला र जाजरकोटमा सिट हेरफेर गर्दा उनले नाइनासी नभनी उम्मेदवारी फिर्ता लिएका थिए।

राष्ट्रिय सभा उम्मेदवार चयनको विषयलाई लिएर पाँच नम्बर प्रदेशमा सबैभन्दा बढी विरोध भएको छ। एमालेका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा नव प्रवेशी कोमल वलीलाई उम्मेदवार बनाएको भन्दै त्यसको विरोधमा नेतृत्वप्रति व्यंग्य एवं कडा टिप्पणीहरु गरिरहेका छन्।

выдаетзаработок в без интернете вложений на кликахкак добавить сайт в яндексrankbrain;tknjt vjhtкак готовить оладья