२१ भदौ – नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि दुई सय अधिकृत(क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गर्दै सेनाले असोज १९ गतेसम्म दरखास्त पेश गर्न सकिने जनाएको छ ।खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ ११० जनाको कोटा निर्धारण गरिएको छ । यस्तै, समावेशी अन्तर्गत महिला १८, आदिवासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्रका लागि ४ जनाको कोटा निर्धारण गरिएको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय भद्रकाली र सबै क्षेत्रीय पृतनाहरुमा दरखास्त दिन सकिनेछ ।