प्रहरीले स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्रबाट एक युवाको शव बरामद गरेको छ।

प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको निजी कारमा ती युवाको शव फेला पारेको हो।

काठमाडौं प्रहरीका अनुसार बरामद शव काठमाडौँ, नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको हो। प्रहरीले हत्या गरेर श्रेष्ठको शव कारको पछिल्लो भागमा राखेको आशंकामा अनुसन्धान गरिरहेको बताएको छ।

प्रहरीका अनुसार बा७च ७०२१ नम्बरको मारुती स्विफ्ट कारको पछाडिको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा श्रेष्ठको शव फेला परेको हो।

उक्त शवको अवस्था हेर्दा दुईतीन दिन अगाडिको भएको हुनसक्ने घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले  बताए।

कारको भित्रबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।