चितवनमा स्कुटरसहित नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा भरतपुर–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो।

घटनामा स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन्। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं.को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो।

भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको छ। वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।