राष्ट्रिय खेलकुद परिषद्को ५५औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव सप्ताह शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले वार्षिकोत्सव प्रत्येक साल भदौ १३ गतेबाट एक हप्ता मनाउने गरेको छ ।

एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव उपेन्द्र्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रूपमा बेलुन उडाएर सप्ताहको उद्घाटन गरेका थिए ।

सप्ताहअन्तर्गत कर्मचारीहरूका बीच म्युजिकल चेयर, ब्याडमिन्टन र टेबलटेनिस पुरुष–महिला युगल तथा तान डोरी प्रतियोगिताको आयोजना हुनेछ ।