साल्ट ट्रेडिङ भन्छः नयाँ वर्षसँगै चिनी अभाव हुन्छ


                       काठमाडौं  माघ ८

चिनी उद्योगी व्यवसायीहरुले चर्को दबाब दिएपछि यो वर्ष नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले भन्सार सहुलियतमा चिनी ल्याउने प्रस्ताव गरेको छैन। गत वर्ष ५० हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार शुल्कमा ल्याए पनि यो वर्ष चिनी उद्योगीहरुले आफुहरु मारमा परेको भन्दै भन्सार छुट नदिन आपुर्ति मन्त्रालयमा दबाब दिएपछि साल्ट ट्रेडिङले पनि नेपाली चिनी नै बिक्री गर्ने योजना बनाएको छ।

नेपालमा हरेक वर्ष दुई लाख ३० हजार मेट्रिकटनसम्मको चिनी खपत हुने तथ्याङ्क रहेपनि नेपाली चिनी १ लाख ५० हजार मेट्रिकटन मात्रै उत्पादन हुँदै आएको र भारतबाट हरेक वर्ष अपुग चिनी आयत हुँदै आएको छ। विश्व बजारमा चिनीको मुल्य अस्थिर हुने गरेका कारण नेपाली उपभोक्ता मारमा पर्ने गरेका छन्। उपभोक्तलाई केही राहत हुन्छ भनेर सरकारले भन्सार छुटमा साल्ट ट्रेडिङमार्फत चिनी बिक्री गर्ने गरेको भए पनि यो वर्ष भन्सार छुटमा चिनी नआउदा समस्या हुने देखिएको हो।

साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार अहिले विश्व बजारमा चिनीको मूल्यमा केही कमी आएको छ । नेपालमा पनि चिनी उत्पादनको समय रहेकोले बिक्री वितरणमा केही समस्या देखिँदैन । बैशाखदेखि नेपालमा चिनीको अभाव सुरु हुने उनको भनाइ छ।

हरेक वर्ष निजी व्यवसायीहरुले नेपालको चिनी सकिएपछि भारतबाट खरिद गरेर ल्याउँदा चिनी छोइनसक्नु हुने गरेको छ । गत वर्ष प्रतिकेजी एकसय २० रुपैयाँसम्म चिनी बिक्री गरेका थिए।

यो वर्ष स्वदेशी उद्योगले एक लाख २९ हजार टनमात्रै उत्पादन गर्न सक्ने बताएका छन्। बाँकी चिनी आयात गरेर आपूर्ति गर्नुपर्ने भएपछि नेपाली चिनी सकिएपछि मात्रै प्रक्रिया थालनी गर्नुपर्ने उनीहरुको भनाइ छ। उनीहरुले अहिले १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसमा १ प्रतिशत पनि छुट दिन नहुने बताएका छन्। खुल्ला प्रतिस्पर्धाको आधारमा निजी उद्योगी, व्यवसायी तथा सरकारी संस्थानहरु चल्नुपर्ने बताएका छन्।

नेपालको चाडपर्व , विवाह भोज हुने सिजनमा चिनीको खपतदर बढ्ने गरेको छ। विशेष गरि बैशाख जेठ तथा कात्तिक मंसिरमा चिनीको खपत उच्च हुनेगरेको देखिएको छ। नेपाली उत्पादनले बैशाखसम्मलाई पनि थेग्न नसक्ने साल्ट टे«डिङले बताउँदै आएको छ।

срегистрация вконтактебизнесmessenger telegram7.62x39mm brassлобановский депутат