त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजेतिर यति एयरलाइन्सको विमान दुर्घटनापछि बन्द भएको हो ।

विमान दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्रािष्ट्रय उडान ठप्प भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पु‍र्याएका छन् । त्यसलगत्तै विमानस्थल सञ्चालनमा ल्याइएको उनि बताउँछन् ।

२१ जना यात्रु बोकेर नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गएराति अवतरणको क्रममा दुर्घटनामा परेको हो ।