१३ वर्षीया बालिका निर्मला पन्तको बालात्कारको घटनाको छानविन नटुंगिँदै अर्की कोशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो।

इलाका प्रहरी कार्यालय बेलडाँडीमा पीडित किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको जानकारी दिएपछि बलात्कारको घटना सार्वजकि भएको हो।

बिहीबार घरमा पूजामा आएका निम्तालुले १६ वर्षीया ती किशोरीलाई घरबाट बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले युवतीको मेडिकल जाँच भइरहेको बताए। उनले घटना बिहीबार राती २ देखि ३ का बीचमा भएको र संलग्न दुर्इ जनाको पहिचान भएको बताए।

‘घटनास्थलबाट फर्किदै छु, सीमा नाका नजिकै रहेछ। हामी शंकास्पदको खोजीमा जुटेका छौं’, उनले भने, ‘युवतीको मेडिकल जाँच भइरहेको छ।’