निर्माणाधीन मोतिहारी रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने एलपीजी र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिवद्धता भारतले जनाएको हो । हवाइ इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन(आइओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।