९ दिन, ६ टिम, १६ खेल, एक विजेता। विजेतालाई सिधै विश्व क्रिकेटकै पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने मौका। सम्भवत विश्वकप पछिकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एसिया कप नै हो र त्यसमा छनोट हुन एसियाका ६ एसोसिएट राष्ट्र भोलीबाट मलेसियामा प्रतिस्पर्धा गर्दैछन्।

६ मध्ये एक टिम मात्र भाग्यमानी बन्नेछ जसले युएईमा हुने एसिया कपमा ५ भारत र पाकिस्तानसँग समूह चरणमै खेल्न पाउनेछ।एसिया कपमा एसियाका टेष्ट खेल्ने पाँच र छनोटको विजेतासहित कूल ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ

मलेसियामा ९ दिनसम्म चल्ने एसिया कप छनोट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ। प्रत्येक टिमले एक आपसमा खेलेपछि सबैभन्दा धेरै अंक हात पार्ने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। र त्यसैको विजेता ५० ओभरको एसिया कपको लागि छनोट हुनेछ।

छनोट खेल्ने आयोजक मलेसियासहित ६ राष्ट्र अहिले तयारी अवस्थामा छन्। जसमध्ये नेपाल र युएईसँग आइसीसी ओडिआई स्ट्याटस समेत छ। सबैको लक्ष्य छनोटमा विजेता बन्दै एसिया कप खेल्ने छ। तर नेपाल, युएई र हङकङलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हेरिएको छ

एसिया कपको छनोट प्रतियोगितामाको पहिलो खेलमा नेपालले ओमानसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ। नेपाल र ओमानबीचको खेल बुधबार बायुमास ओभलमा हुनेछ। भोलि नै मलेसियाले हङकङ तथा युएई बिरुद्ध सिगांपुरले खेल्नेछन् ।

क्वालिफायर प्रतियोगिताको तालिका यस प्रकार रहेको छ :

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल

नेपाली टिम : पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल