अग्निज्वाला- रुपन्देही माघ ८

 रुपन्देही देबदहका व्यवसायी बसन्त पौडेलको गोली प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी), संघिय, जिल्ला र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नवलपरासी सुनवल नगरपालिका-७ अस्नैया बस्ने बर्ष ३६ को पदम चौधरी र सुनसरी डुमराहा ५ बस्ने बर्ष ३६ को महेन्द्र भन्ने महिनाराण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

गत पुस २१ गते रुपन्देहीको देवदह नगरपालिका-३ खैरेनी बस्ने बलु भन्ने बसन्त पौडेलको देबदह २ को ढेकारमा गोली प्रहार गरी हत्या भएको थियो। पदमलाई चितवन र महिनारायणलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथवाट लु ४ प १४ नम्बरको मोटर साईकल, ९ एमएम क्यालिवर इटालियन पिस्तोल १ थान र सो मा लाग्ने गोली ९ थान, २ थान कटुवा पिस्तोल र ५ थान गोली, घटनास्थलमा फेला परेको बुलेट १ थान सहित ९९ हजार रुपैंया नगद बरामद गरेको छ।

प्रहरीका अनुसार गोली हान्ने विवेक भन्ने व्यक्ति फरार छन्। सामान किन्न आएजस्तो गरि महिनारायणले पेस्तोल ताकेपनि केही हच्केको र सोही समयमा अहिले फरार रहेका विवेकले गोली हानेका थिए। आइतबार ईलाका प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक घनश्याम अर्यालले अनुसन्धान अपराधिको अत्यन्तै नजिक पुगेको र अव छिट्टै नै मुख्य अभियुक्त समेत पक्राउ हुने जानकारी दिए।

अंघिल्लो वर्ष पुरमा देबदहमै दुर्गा तिवारीको हत्या भएको थियो। यी सबै घटनामा ईन्टर कनेक्सन भएको र मुख्य अभियुक्तको रुपमा प्रहरीले मनोज पुन भएको प्रहरीले बताएको छ। दुबै घटनामा एउटै पेस्तोल प्रयोग भएको ल्याव परिक्षणबाट पुष्टि भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। गोली प्रहारमा ईटालियन पेस्तोल ९ एमएम क्यालीवर प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

time in sochi russia right nowзаказать перевод сайтастатистика запросов гуглтолковая рекламаморской круиз этокак найти китайского поставщика