बार्सिलोना

यसै सिजनमा लालिगामा बढुवा भएको नयाँ क्लब रियल भालाडोलिडसँग बार्सिलोनाले झिनो जित हात पारेको छ।

शनिबार राति भएको खेलमा बार्सिलानालाई १–०ले रोक्दै भालाडोलिडले उत्कृष्ट खेल प्रदर्शन गरेको छ। बार्सिलोनाका लागि ओसामाने डिम्बेलेले निर्णायक गोल गरेका थिए।

भिडियो एसिस्टेन्टेड रेफ्रि(भार)ले भालाडोलिडका किकोको हेडर गोललाई अफसाइड दिएपछि बार्सिलोना अंक गुमाउनबाट जोगिएको थियो।

यसैसिजनमा भारलाई लालिगामा प्रयोग गरिएको हो। त्यसैको प्रयोगबाट भाग्यमानी बनेको बार्सिलोनाले विशुद्ध तीन अंक जोड्यो।

बार्सिलोनालाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको भालाडोलिडले ५७ नै मिनेटमा गोल खान पुगेको थियो।

खेलसँगै लगातार दोस्रो खेलमा जित निकालेको बार्सिलोना शीर्ष स्थानमा छ। भालाडोलिड भने १ अंकका साथ १५औं स्थानमा छ।