प्रिमियर लिगमा साविकको विजेता सिटी हारबाट जोगिएको छ।

शनिबार साँझ भएको खेलमा वोल्भरह्याप्टन वान्डररले लिएको सुरुवाती अग्रतालाई आइमेरिक लापोर्टले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीको नतिजामा टुंग्गाएका थिए। त्यो उनको क्लबका लागि पहिलो गोल समेत थियो।

लगातार सुरुवाती दुई खेल जितेको सिटीको विजयी यात्रा रोक्न ५७ औं मिनेटमा विली वोलीले वान्डररलाई सुरुवाती अग्रता दिलाएका थिए।

बराबरीमा रोकिएसँगै सिटी दोस्रो स्थानमा झरेको छ। तीन खेल खेलेको सिटीको ७ अंक छ। वन्डरर भने १३ औं स्थानमा छ। लिगको शीर्षमा लिभरपुल छ।

सिटीले आगामी शनिबार घरेलु मैदानमा अब न्युक्यास्टलको सामना गर्नेछ भने वन्डररले सोहीदिन वेस्टह्यामसँग खेल्नेछ।