nirmala-hatyakanda-tapaikokhabarकाठमाडौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको छानविन गर्न गठित सरकारी टोलीले शुक्रवार बिहानवाट काम सुरु गरेको छ । बिहान धनगढी पुगेको टोलीले प्रदेश न ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटघाट गरेको छ ।निर्मला पन्तका बुबा यज्ञराज पन्तले घटना निश्पक्ष हुनेमा आशावादी भएको प्रतिक्रिया दिएका छन् । महेन्द्रनगर बजार शुक्रवार शान्त छ । यातायात सुचारु भएको छ भने अघिल्ला दिनको तुलनामा पसलहरु पनि खुलेको छ । तर, शैक्षिक संस्था बन्द छ ।

प्रहरीले वास्तविक अपराधी लुकाएको भन्दै कञ्चनपुरबासी आन्दोलित भएपछि बिहीबार महेन्द्रनगरमा प्रहरीले गोली चलाएको थियो । गोली लागेर ७ घाइते भएका छन् । स्थिती नियन्त्रण बाहिर गएको भन्दै प्रशासनले बिहीवार बेलुका ५ बजेदेखी शुक्रवार बिहान ५ बजेसम्म कर्र्फयु लगाएको थियो ।

बिहीबारै सरकारले सहसचिव हरिप्रसाद मैनालीको नृतृत्वमा प्रमुख जिल्ला अधिकारीलगायत ५ सदस्य रहने गरी छानबिन टोली गठन गरेको थियो । सरकारले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरिक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलाई मन्त्रालय तानेको छ । प्रहरी उपरिक्षक विष्टले पिडकलाई अनावश्यक टर्चर दिनुको साथै बास्तविक अपराधी लुकाउन भुमिका खेलेको स्थानियले आरोप लगाएका छन् ।