काठमाडौं – नेपाली सेनाका सात जना सहायकरथीहरुको काज सरुवा निस्केको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार विहिबार सैनिक सचिव सरोज प्रताप राणाले शुक्रबारबाट लागु हुने गरी काजमा खटाउने निर्णय गरेका हुन्  ।

सहायकरथी संजयसिंह भण्डारीको मध्य पुर्वी पृतना हेडक्वार्टर, सुरेश कुमार कार्कीको नेपाली सैनिक वार कलेज, रामनाथ शर्मालाई सैनिक सामाग्री प्राप्ती निर्देशनालय,विनय विक्रम राणा नम्बर २८ बाहिनी अडडा काजमा खटाइएका छन् ।

त्यसैगरी प्रधानसेनापति पुर्णचन्द्र थापाको सैनिक सहायकको दाबेदार रहेका सहायकरथी सहदेव खड्काको नम्बर ७ बाहिनी अड्डा, प्रदिपजंग केसीको नम्बर ९ बाहिनी अड्डा र दिपक कुमार बानियाको पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएको छ ।