युएई । युएई आइपुगेका नेत्रहीन क्रिकेट टोली सम्मानित भएकाे छ । दुबई स्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेका नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएकाे हाे ।

मानक मिडियाका निर्देशक रमेश तिजले सन्चालन गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली सघ (एनआरअनए )युएई, नेपाल पत्रकार महासंघ युएई शाखा, जनजाती महासंघ युएई, नेपाली समाज युएई, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई ,नेपाली मुस्लिम सोसाइटी युएई लगाएतका विभिन्न सघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मान गरे ।

नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बत्स्याल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसिएल क्लबका अध्यक्ष शालिकराम सुबेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअरडिनेटर सकिल अलि, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्क्ष राजेश प्रधान, नेपलिज् मुश्लिम समाजका सचिव नौमान सिद्दिकी, एभरेस्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गर्न पाँउदा खुसीकाे अनुभुति गरेकाे बताए ।

कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधि तथा व्यावसायीहरुबाट संयुक्तरुपमा  १ लाख ४० हजार नगदसहित नेपाली टोलीलाई सम्मान गरिएको छ ।

मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका पुर्णभक्त लामा, रवी शाही, मदन अधिकारी, सकिल अलि, समिम खान, पर्शुराम घिमिरेले नेत्रहीन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई नगद हस्तान्तरण गरेका थिए ।

नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष घिमिरेले रोजगारका लागि विदेशी भुमीमा रहेका नेपालीहरुले आफ्नो देशप्रति खेलको माध्यमबाट देखाएको राष्ट्रप्रेम सह्रानिय रहेको बताए ।

лидов.рф развод2000программспросtrain trip across russiaphoton scope