कालिकोट माघ ५, २०७४- कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ५ जनाको मृत्यु भएको छ ।  एक सय बढी बिरामी परेका छन् । सुख्खा खडेरीसँग जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं ३ र ४ ताडीमा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको हो । खाँडाचक्र ४ मा फैलिएको भाइरल ज्वराले दत्त विश्वकर्माका ९ महिनाका छोरा लक्ष्मण, संगीता सुनारकी एक महिने छोरी रश्मी, गोबी विश्वकर्माका डेढ महिनाका छोरा दिपकको मृत्यु भएको वडा अध्यक्ष धनसिंह कामीले बताउनुभयो । उहाँकाअनुसार वडा नं ४ को दलित टोलमा मात्र ७० जना बिरामी परेका छन् । त्यस्तै, वडा नं ३ दुई साताअघि बृद्ध बुदे पाण्डेको भाइरल ज्वरोले मृत्यु भएको थियो भने सोही गाउँमा ७४ वर्षीय महानन्द पाण्डेको हिजो भाइरल ज्वरोका कारण मृत्यु भएको आफन्त कुम्मे पाण्डेले बताए ।  खाँडाचक्र ४ ताडीमा बिरामी परेको खबर आएपनि धेरै बिरामी भएकोबारे आफूलाई जानकारी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताउनुभयो । उहाँले भाइरल ज्वरो जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा फैलिएको भएपनि महामारीको रुपमा नरहेको बताउनुभयो । जिल्लाका पचालझरना, पलाता, सान्नीत्रिवेणी, नरहरिनाथ, गाउँपालिका र तिलागुफा नगरपालिकामा औषधी सहित स्वास्थ्यकर्मी पठाएर उपचार गरिएको जिल्ला स्वास्थ्य प्रमुख अलीले बताउनुभयो । स्वास्थ्यकर्मीलाई विदा र काजमा नपठाउन स्थानीय तहलाई परिपत्र गरिएको जानकारी दिंदै औषधी पनि स्थानीय तहलाई पठाइएको उहाँको भनाई थियो ।  त्यस्तै, जिल्लाको विकट पलाता गाउँपालिकाको थिर्पूमा भाइरल ज्वरोका बिरामीको घरघरमा स्वास्थ्यकर्मी परिचालन गरेर उपचार गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । खाँडाचक्र नगरपालिकाको वडा नं २ मेग्र, ३ र ४ ताडीमा भाइरल ज्वरोले बिरामी परेको जानकारी आएको सुनाउँदै नगर प्रमुख जसीप्रसाद पाण्डेले वडामा स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षणको तयारी भइरहेको जानकारी दिनुभयो । profitsborker gunnikmedia.com.uaрепутация эточто такое копирайтинг рерайтинг seo копирайтингбыстрая доставка товара