बैतडीको पाटनवाट गएको स्काभेटरले पहिरो पन्छाउने प्रयास गरिरहेको भएपनि लगातारको पानीका कारण समस्या भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले जानकारी दिए ।

‘सोमबादेखिदेखि नै डोजरले पहिरो पन्छाइरहेको भएपनि सडकमाथिबाट ठूला चट्टान खसेकोले पन्छाउन सकिएकोे छैन ।’ उनले भने–‘डोजरले पहिरो पन्छाउन नसकेपछि मंगलबार अपरान्हपछि स्काभेटरले पहिरो पन्छाइरहेको छ ।’

पहिरो पन्छाउने कार्य जारी रहेकोले बुधवार अपरान्हपछि मात्रै राजमार्ग सुचारु हुने जनाइएको छ । राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन तीनदिदेखि पुर्ण रुपमा बन्द भएका छन् ।

उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । सवारी साधन ठप्प हुँदा यात्रुहरुलाई समस्या भएको छ । दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी,बैतडीवाट दार्चुलाका लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।