काठमाडौं माघ निर्वाचन आयोगले आज नवनिर्वाचित प्रदेश सांसदलार्इ प्रमाणपत्र वितरण गरेको छ जसमा विवेकशील साझा पार्टीबाट पनि तीनजना सांसदले प्रमाणपत्र पाएका छन्।

आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन्। उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी छन्। प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए।

आफ्ना तीन प्रदेश सांसदलार्इ बधार्इ दिदै पार्टी संयोजक रविन्द्र मिश्रले समाजिक संञ्जाल ट्वीटरमा लेखेका छन्: ‘विवेकशील साझा’का तीन आशा जसले प्रदेश ३ मा पार्टीको प्रतिनिधित्व गर्नेछन्। सम्पूर्ण मतदाताप्रति आभारी छौं। रमेश, सोभा र विराजले तपाईंको आवाज बोल्नेछन् र तपाईं र यो देशका लागि बुद्धी र विवेकले भ्याएसम्म इमानपूर्वक काम गर्नेछन्। तपाईंको आशीर्वाद मिलिरहोस्!’

 business-rating.companybuy Binocularsfolkloredirectmap.ruнасос dab multi 4 swрамочный хронограф для пневматики