काठमाडौ । सरकारले मुकाम तोकेको केहि समय नवित्दै प्रदेश राजधानीकै विषयमा विवाद भइरहेको छ । ठाँउ ठाँउमा आन्दोलनको राँको वलिरहेको छ । प्रदेश नं. पाँचको राजधानी दाङ हुन सक्ने भनेर सरकारी टोलीले रिर्पोट पेस पनि ग¥यो ।

दाङ प्रदेशको राजधानी लगभग भैसक्यो भनेर प्रभावशाली नेताहरुले सार्वजनिकरुपमै बोलेका पनि हुन । तर चर्चाको विषय नै नवनेको रुपन्देहीलाई सरकारले मुकाम भनेर सार्वजनिक ग¥यो । स्वास्थ्यमन्त्री दिपक बोहोराको गृह जिल्ला रुपन्देही र उनकै दवावमा मन्त्रीपरिषदले ५ नम्बर प्रदेशको राजधानी तोक्न बाध्य बनाएको स्रोतको दावी छ ।

रुपन्देहीका जनतामा चुनाव प्रचारको क्रममा आफुले गरेका बाचा पुरा गरेको दावी गरेका बोहराले परिषदलाई नै राजधानी तोक्न बाध्य बनाएको परिषदमा सहभागी एक नेताले बताए ।  गृह जिल्ला सवैलाई पायक पर्ने र वुद्धभुमिका नामले परिचित भएकाले पनि रुपन्देहि प्रदेश राजधानी बन्ने आधार भएको मन्त्री बोहराले बताए ।

आफ्नो क्षेत्रलाई भन्दा पनि मेरो क्षेत्र हुनु पर्छ भनेर राजनीतिक दौडधुप चलिरकेका वेला सरकारले भगवान वुद्धको भूमिलाई राजधानी बनाएको सही भएको बोहराको दावी छ । तर वाम गठबन्धनले भने सरकारले तोकेका मुकाम र प्रदश प्रमुखमा असहमति जनाएको छ । यसैवीच सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

उपचारकैक्रममा रहेका ओलीले बैंककबाट बिहीबार स्वदेश फर्किएलगतै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिए पनि व्यक्ति र स्थानमा आफुहरुको सहमति नरहेको बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएकाले नयाँ सरकारले हेरफेर गर्न सक्ने बताए ।европейскуюаннсайтувходящие ссылки страницу на сайтапротокол httpsкарповое кресло