प्रदेश नं १ को सरकारले विश्व आदिवासी दिवसका अवसरमा बिहीबार १ दिनको दागि दिएको सार्वजनिक विदा जिल्ला प्रशासन कार्यालयहरुले अस्वीकार गरेका छन् । प्रजिअहरुले गृह मन्त्रालयको सूचना नआएको भन्दै सबै जिल्लाका कार्यालयहरु खुुला राख्ने भएका हुुन् ।

प्रदेश सरकारले विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने सूचना जारी गरेको थियो । तर त्यो सूचनालाई जिल्ला प्रशासन कार्यालयहरुले गृहबाट कुनै जानकारी नआएका कारण प्रदेशको निर्णय नमान्ने बताएका हुन् । यता, प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बोले संघीय सरकारसंग समन्वय गरेको दाबी गरेका छन् ।

तर, यस विषयमा भने संघीय सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।