२३ साउन – काठमाडाै‌ को काँडाघारीका बालक निशान खड्काको हत्याबारे राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले बालक हत्याबारे एक अर्कामा विरोधाभास सूचना आइरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

समयमै प्रहरीले सुझबुझपूर्ण निर्णय लिएको भए बालकको हत्या नहुने भन्ने टिप्पणी पूर्व प्रहरीका उच्च अधिकारीबाट आउने गरेको भन्दै उनले प्रहरीको भूमिका र घटनाको वस्तुगत यथार्थताबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

समयमै रेस्क्यू गर्न नसक्नुमा सरकारको संयन्त्र नै असफल भएको पुष्टि भएको भन्दै उनले भने, ‘बालकको हत्या हुनुमा कसको दोष हो रु रेस्क्यू गर्न नसक्नु सरकारको दोष हो कि होइन रु सरकारको संयन्त्र फेल भएको हो कि होइन ?’ प्रहरीले भनेको इन्काउण्टरमा मानवअधिकारको उलङ्घन भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘सम्पूर्ण समाचारले बालक हत्यामा संलग्नलाई प्रहरीले छिमेकी सबैको आँखा अगाडि दिउँसो समातेर लगेको भन्ने देखाएको छ । पछि इन्काउण्डटरमा मारिएको भनिएको छ । दक्षिण पूर्वी एशियाको मुलुक जस्तै बनाउन लागेको हो ? यो छुट दिएको हो ?’

उनले घटना प्रति राष्ट्रिय मानवअधिकारको पनि कुनै धारणा नआएको भन्दै त्यस तर्फ पनि आयोगको ध्यानाकर्षण गराए ।