दाङ । देउवा सरकारले प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई घोषणा गरेपछि पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले  गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

असक्षम देउवा सरकारले गरेको असन्तुलित र अन्यायपूर्ण निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएउदै नेता महाराले उक्त निर्णयको घोर निन्दा तथा भ्रत्सना समेत गरे ।

उनले वक्तव्य जारी गर्दै प्रशासन पुनरसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय अन्तराष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थ प्रेरित भएको बताए ।

‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भ्रत्सणा गर्दछु’, वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा भनिएको छ–‘ पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षीत, समदुरी र पूर्वाधारसहित प्रयाप्त स्थान भएकाले उचित र सन्तुुलित हुनु पर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु ।’

оценка видимостиженскойгруппы keypravogolosaтур по западной украинереклама вк скачать