काठमाडौं माघ ३

बुधबार दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका अस्थायी केन्द्र तथा प्रदेश प्रमुखहरु तोकेको छ। कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार एक नम्बर प्रदेशको केन्द्र विराटनगरलाई तोकिएको छ।

दुई नम्बरको जनकपुर, तीनको हेटौंडा र चारको पोखरा तोकिएको छ। यसैगरी ५ नम्बर प्रदेशको रुपन्देही, ६ नम्बरको सुर्खेत तथा ७ नम्बरको राजधानी धनगढी तोकिएको छ।

बुधबार बिहान १० बजे बसेको मन्त्रिपरिषद बैठकमा सहमति जुट्न नसक्दा निष्कर्षबिहीन भएको थियो। 

अहिले सरकारले तोकेका प्रदेश राजधानीहरु अस्थायी हुन्। प्रदेश सभाले दुई तिहाई बहुमतका आधारमा प्रदेश राजधानी रहने स्थान फेर्न सक्नेछ।

лояльность этоstrana.in.uaидаotzywyподбор семантического ядра для сайтасковорода биол купить