मुठभेडमा मारिएका अपहरणकारी
काठमाडौँ काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ।

खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

घटनास्थल घटनास्थल

प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ (२३ बर्ष) छन्।

प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो।