प्रधानमन्त्री केपी अाेलीले अब सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसंग वार्ता गर्ने बताएका छन।शनिवार वालुवाटारमा भएकाे अर्न्तक्रियामा नेपालकाे ब्यापार घाटा कम गर्न सिधै माेदीसंग वार्ता गर्ने बताएका हुन।उनले साेही कार्यक्रममा नेपालीहरू प्रति पनि कटाक्ष गरेका छन।नेपालीकाे उपभाेक्तावादी अादतले ब्यापार घाटा बढेकाे पनि बताए।संसार भरका राम्रा र महंगा बस्तुकाे उपभाेग गर्ने तर नेपाली वस्तुकाे भने वेवास्ता गर्ने चलनले ब्यापार घाटा बढेकाे बताए।विमस्टेककाे वैठकमा माेदी नेपाल अाउदा ब्यापार घाटाकाे बारेमा कुरा गर्ने उनले बताए।तर ब्यापार घाटा कम गर्न उधाेगकाे स्थापना,उत्पादनमा बृद्धि गर्नुपर्ने कुरामा भने उनी माैन रहे।