अहिले विहान ११ बजेका लागि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ ।

सिंहदरबारमा बस्ने बैठकमा संसदको गतिविधि र अन्य विविध विषयमा छलफल केन्द्रीत हुने नेपाली कांग्रेसको सचिवालयले जनाएको छ । बैठकमा सरकारको कामकारबाही र विपक्षी दललाई सत्ता पक्षले बेवास्ता गरेका बारेमा पनि छलफल हुनेछ ।

यस्तै बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईका बारेमा पनि छलफल हुने बुझिएको छ । बैठकमा संसदमा गृहमन्त्रीसँग जवाफ माग्न नदिएको विषयको एजेन्डा पनि कांग्रेसले दलको बैठकमा राखेको छ ।