विनिमयदर
आज अमेरिकासहित सात राष्ट्रको विनिमय दर सस्तो भएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको वैदेशिक विनिमय दरअनुसार अमेरिकी १ डलरको खरिद दर १ सय ९ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १ सय ९ रुपैयाँ ९७ पैसा कामय भएको छ।

जापानीज यन १० को खरिद दर ९ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल १ को खरिद दर २९ रुपैयाँ १६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३२ पैसा कायम भएको छ।

कतारी रियाल १ को खरिद दर ३० रुपैयाँ ४ पैसा छ भने बिक्री दर ३० रुपैयाँ २० पैसा छ।

संयुक्त अरब इमिरेट्स (युएई दिराम) १ को खरिद दर २९ रुपैयाँ ७८ पैसा र बिक्री दर २९ रुपैयाँ ९४ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिद दर २६ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ५ पैसा कायम भएको छ।

दक्षिण कोरियाको कोरियन वान १ सयको खरिद दर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८३ पैसा छ।

यसबाहेक बुधबार युरोपियनलगायत केही राष्ट्रका विनिमय दर भने महँगो भएका छन्।

युरोपियन युरो १ को खरिद दर १ सय २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १ सय २९ रुपैयाँ ९ पैसा छ। यस्तै पाउन्ड स्ट्रलिङ १ को खरिद दर १ सय ४३ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १ सय ४४ रुपैयाँ ७६ पैसा कायम छ।

अष्ट्रेलियन डलरको खरिद दर ८१ रुपैयाँ २१ पैसा र बिक्री दर ८१ रुपैयाँ ६६ पैसा कायम भएको छ।
भारतको विनियम दर भने सदा झैं स्थीर छ।

निजी बैंकहरूले भने राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा केही रकम महँगोमा बिक्री गर्ने छन्।