death_body_Tapaikokhabar

 कैलालीको बर्दगोरिया गाउँपालिका–२, कुम्भियामा एक महिलाले साढे चार वर्षका छोराको हत्या गरेपछि आत्महत्या गरेकी छिन् ।

२१ वर्षीया सीतादेवी डगौरा थारुले छेरा संकेत चौधरीको हत्या गरेपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार सोमबार दिउसो ३ बजे घरको कोठा भित्रबाट चुकुल लगाएर छोरालाई पासो लगाएर झुन्ड्याएर हत्या गरिन् । त्यसपछि आफू पनि झुण्डिईन् ।

श्रीमान लालबहादुर डगौरा थारुले आमा छोरालाई झुण्डिएको अवस्थामा दुबैलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनावारे अनुसन्धान