सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) खुल्ला भएको छ । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । बोर्डले सिटिजन्स बैङ्कलाई १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थपी २०० रुपैयाँमा एफपीओ बिक्री गर्ने अनुमति दिएको थियो ।

एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट दरखास्त फारम लिने तथा बुझाउने व्यवस्था रहेको छ ।

गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको थियो।                                                   बजार मूल्य र एफपीको मूल्यको बिच खासै ठुलो अन्तर नभएकाले यो एफपीओपनि सजिलै बिक्री नहुने समस्या आउने देखिन्छ। एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको       ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ ।